सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी
शुक्रबार, २५ पुस २०७६, १९ : १९
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।
विज्ञप्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज
-
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
-
आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि