बग्दादको अनुरोध वासिङ्टनद्वारा अस्वीकार
एजेन्सी । इराकी प्रधानमन्त्री ले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने, ‘यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।’
‘अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन । तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ ।’
अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित छ जनाको मृत्यु भएको थियो ।
यस बिषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।
सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाई आक्रमण गरेको थियो । Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण