ट्रकको ठक्करबाट बालिकाको मृत्यु
शनिबार, २६ पुस २०७६, ०८ : ५३
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ ।
मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण