तौल घटाउन करेलाको प्रयोग
करेला बजारमा पाइने तरकारीहरुमध्ये सबैभन्दा तितो स्वाद भएको तरकारी हो । स्वाद नमिठो भएपनि करेला स्वास्थ्यको लागि भने निकै फाइदाजनक मानिन्छ ।
करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता भिटामिनयुक्त तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि भारी मात्रामा पाइन्छ । त्यसैले, तितो करेलाको जुस सेवन गर्दा निकै लाभ मिल्छ ।
यदि तौल बढ्ने समस्या छ भने त्यसका लागि करेला सेवन निकै फाइदाजनक साबित हुनसक्छ ।
करेलाले इन्सुलिनको मात्रा नियमन गर्न र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ । करेला खाँदा शरीरमा रहेको इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन । यसरी करेलाले शरीरमा बोसो बन्न रोक्ने भएकाले यसको सेवनबाट शरीरमा तौल पनि कम हुन्छ ।
यसैगरी, करेलामा फाइबरको मात्रा पनि धेरै हुन्छ । फाइबर हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन । साथै, करेलामा पानीको मात्रा उच्च हुने भएकाले तरकारीको रुपमा प्रयाग गर्दा फाइदाजनक मानिन्छ ।
त्यस्तै, करेलाले बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने गर्छ ।
करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण