मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा संवाद हीनताको अन्त्य : देउवाद्वारा पौडेल र सिटौलासँग २ घण्टा छलफल

आइतबार, २७ पुस २०७६, २१ : १२
आइतबार, २७ पुस २०७६

काठमाडौँ । नेपाली काँग्रेसभित्रको संवाद हीनता अन्त्य भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार साझ वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग आन्तरिक विवादबारे छलफल गरेका छन् । यो सँग पुस ११ गते यता तीन नेताबीच देखिएको संवाद हीनताको अन्त्य भएको हो।

पुस ११ बसेको केन्द्रीय कार्यसमिति बैठकले पौडेल र सिटौला पक्षको उपस्थिति विना महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि काँग्रेसमा आन्तरिक विवाद चुलिएको थियो। 

उक्त विवाद समाधानका लागि सभापति देउवाले पौडेल र सिटौलालाई आइतबार साझ ६ बजे आफ्नो निवास बूढानीलकण्ठ बोलाएर छलफल गरेका हुन् । छलफलमा सहभागी केन्द्रीय सदस्य रमेश लेखकले पार्टीमा अहिले देखिएको समस्यालाई सहमतिबाटै टुंगोमा पुर्याउने तीन नेताहरुबीच सहमति भएको बताए ।  

उनले भने,‘ तीनै जना नेताका बीचमा अत्यन्त सौहार्दपूर्ण ढंगले छलफल भयो । काँग्रेसको अहिले देखिएको समस्यालाई सहमति बाट नै चाडै टुंगोमा पुर्याउने सहमति भएको छ ।’ 

नेताहरुबीच २ घण्टा चलेको छलफलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, सिटौलाका साथै महामन्त्री पूर्णबहादुर खड्कार लेखकको सभागी थिए । लेखकका अनुसार उपचारका लागि पौडेल सोमबार दिल्ली जानेर त्यहाँबाट फर्किएपछि थप छलफल गरेर समस्याको समाधान गरिने नेताहरुबीच सहमति भएको छ ।

पौडेल पक्षले ११ गतेको निर्णय सच्याउनु दबाब दिँदै आएको छ । उक्त निर्णय सच्याउन दबाब दिने उद्देश्यले पुस २१ देखि २३ सम्म पार्टी कार्यालय सानेपामा आफू निकट जिल्ला सभापतिसँग परामर्श बैठक समेत गरेको थियो । 
यता सभापति देउवाले महाधिवेशनको कार्यतालिका बाहेकका विषयमा हेरफेर गर्न सकिने बताँदै आएका छन् । पौडेल समूहले काँग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ गतेबाट निरन्तर बहिष्कार गर्दै आएको छ । 

राष्ट्रिय सभा उम्मेदवार छनोटका लागि बोलाएको केन्द्रीय समिति र पदाधिकारी बैठकमा समेत पौडेल पक्षले उपस्थिति जनाएको थिए । पार्टीभित्र देखिएको पछिल्लो घटनाक्रम र राष्ट्रिय राजनीतिबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँग अर्न्तक्रियापछि पौडेल देउवासँग वार्तामा सकेका हुन् ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप