प्रदेश नम्बर २ मा उपभोक्ताले भुक्तानी नपाउदाँ पूर्वाधार कार्यालयमा लगाए ताला
सोमबार, २८ पुस २०७६, २० : ००
जनकपुर । गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नगरिएको भन्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन् ।
प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएपछि बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ताहरुले पूर्वाधार कार्यालयमा ताल्चा लगाएका हुन् ।
उपभोक्ताहरुले तालाबन्दी गरेपछि कार्यालयको कामकाज पूर्णरुपले प्रभावित भएको छ ।
प्रदेश सरकारले भौतिक विकास निर्माणका लागि गठन गरेको उपभोक्ता समितिले सम्झौता अनुसार निर्माण कार्य भइसकेपनि सरकारले रकम भुक्तानी नगरेपछि बाध्य भएर पूर्वाधार कार्यालयमा ताल्चा गरेको एक उपभोक्ता समितिकी पदाधिकारी पुनम झाले बताइन् ।
उनले आफूहरुले उधारो मागेर सम्झौता अनुसार कार्य गरेपनि भुक्तानी नहुँदा समस्यामा परेकोले तालाबन्दी गर्नु परेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण