राप्रपा अध्यक्ष थापाद्वारा देवघाटमा स्नान र पूजा
तनहुँ । माघेसङ्क्रान्ति पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गरेका छन्। अध्यक्ष थापाले पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गेका हुन् ।
सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गरे । उनले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गरे । देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताए ।
माघेसङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड रहेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।
धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघेसङ्क्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
देवघाट आउने भक्तजनको सुरक्षाका लागि व्यवस्था मिलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्षको देवघाटमा कुनै भवितव्य घटना भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण