शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने

बिहीबार, ०२ माघ २०७६, ०७ : २९
बिहीबार, ०२ माघ २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् । 

राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्र्याक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको भन्दै उनले जी टु जी माध्यमबाट भारतबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको भन्दै उनले जी टु जी माध्यमबाट भारतबाट रेल खरिद गरिने बताए ।

२ महिनाभित्र जयनगर–जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन पनि उनले आग्रह गरे ।

रेल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको तथा रेल ऐन पनि आइसकेको उनले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप