चाणक्य नीति : यो हो दुश्मनलाई पराजित गर्ने सबैभन्दा राम्रो तरिका
आचार्य चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान परिस्थीतिसँग पनि चाणक्य नीति मेल खान्छ । यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ ।
चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ । जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो मानिस कहिल्यै सुखी हुँदैन ।
चाणक्य नीतिका अनुसार यदि कोहि नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस् ।
चाणक्य नीतिका अनुसार यदि कुनै ठाउँमा झैझगडा र झमेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ ।
चाणक्य नीतिका अनुसार जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन् ।
चाणक्य नीतिका अनुसार शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् ।
चाणक्यका अनुसार आफ्नो गोप्य कुरा कोहि पनि मानिसलाई सुनाउँनुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण