लिभरपुल नेपाली समाजद्वारा नेपालका क्यान्सर पीडित बालबालिकाको लागि सहयोग
लन्डन । नेपालको कान्ति बाल अस्पताललाई सहयोग प्रदान गर्दै आएको ‘So The Child May Live’ नामक संस्थालाई लिभरपुल नेपाली समाज बेलायतले ११ हजार पाउण्ड हस्तान्तरण गरेको छ । नेपालका क्यान्सर पीडित बालबालिकाहरुको लागि गत २४ नोभेम्बर २०१९ मा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गरि ८ हजार पाउण्ड संकलन गरिएको थियो ।
गत बुधबार रकम हस्तान्तरणको शिलसिलामा नेपाली समाजको तर्फबाट सल्लाहकारद्वय डा. शम्भु आचार्य र भक्त गुरुङ, अध्यक्ष देउमान इजम, उपाध्यक्ष नरेश बिष्ट, सचिव शिवराज पन्त र कोषाध्यक्ष हरिराम अर्यालको टोली मेयरको कार्यालय पुगेका थियो ।
नेपालका क्यान्सर पीडित बालबालिकाहरुको सहयोगार्थ संकलित उक्त रकममा मेयरका तर्फबाट ३ हजार पाउण्ड थप गरिएको थियो । जसमा ८ हजार पाउण्ड बेलायत सरकारको तर्फबाट दोब्बर गरिदिने हुँदा सहयोग रकम कम्तिमा १९ हजार पाउण्ड ( करिब २८ लाख रुपैयाँ) पुग्ने भएको छ ।
‘So The Child May Live’ नामक संस्थालाई बेलायतको लिभरपुलमा रहेको Alder Hey बाल अस्पतालका नर्स तथा डाक्टरहरूद्वारा स्थापना गरिएको हो । नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्युदर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि यस संस्थाको पहलमा आर्थिक संकलन अभियान शुरू गरिएको हो । सो संस्थाका प्रतिनिधिहरु यही जनवरीभित्रै नेपाल गएर ‘वर्ल्ड चाइल्ड क्यान्सर’ संग सहकार्य शुरू गर्ने भएका छन् । नेपालका बालबालिकाहरुको जीवन रक्षा गर्नु नै संस्थाको मुख्य लक्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण