स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक जुरिचसँग निजगढ विमानस्थल निर्माण गर्न मागियो प्रस्ताव
शनिबार, ०४ माघ २०७६, ०६ : ३५
स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ ।
गत असोज ६ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनोट गरेबमोजिम कम्पनीसँग प्रस्ताव माग गरिएको हो । बोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो ।
प्रस्ताव अध्ययनपछि बोर्डले उपयुक्त लागेमा जुरिचसँग निर्माणको अन्तिम सम्झौता गर्नेछ ।
गत असोजमा लगानी बोर्ड बैठकले निजगढमा विमानस्थल निर्माणका लागि आवेदन दिएका विभिन्न सात देशका कम्पनीमध्ये जुरिचलाई छनोट गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मी र भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण