शबाना आजमीका ड्राइभरविरुद्ध मुद्दा दर्ता, लापरवाहीको आरोप
मुम्बई–पुणे एक्सप्रेसवेमा शनिबार शबाना आजमीको दुर्घटना भएको थियो । यो मामलामा ट्रक ड्राइभरले शबानाका ड्राइभरविरुद्ध मुद्दा दर्ता गरेका छन् । ट्रक ड्राइभरले शबाना आजमीका ड्राइभर अमलेश कामतविरुद्ध खालापुरमा मुद्दा दर्ता गराएका हुन् ।
ट्रक ड्राइभरले आरोपमा भनेका छन्, ‘शबानाका ड्राइभरले तीब्र गतीमा गाडी चलाइरहेका थिए । गाडीले ट्रकलाई ठक्कर दिएको थियो । उनको लापरवाहीका कारण दुर्घटना भएको हो ।’
महाराष्ट्रको रायगढ जिल्लामा शनिबार भएको एक सडक दुर्घटनामा कारमा यात्रा गरिरहेकी चर्चित अभिनेत्री शबाना आजमी घाइते भएकी थिइन् ।
Maharashtra: An FIR has been registered against Amlesh Kamat, driver of Shabana Azmi in Khalapur on a complaint filed by truck driver. The FIR reads,"due to rash driving by the driver, the car hit the moving truck on Pune-Mumbai Expressway which resulted in the accident."
— ANI (@ANI) January 18, 2020
अस्पतालका एक शीर्ष अधिकारीले उनलाई उपचारका लागि मुम्बईको कमोठे स्थित महात्मा गान्धी मिशन मेडिकल कलेज एण्ड हस्पिटल पुर्याइएको र पछि उनलाई अंधेरीको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा रिफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण