शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत: उपेन्द्र यादव
लहान । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएका छन् । तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताए ।
शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरे । मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।
दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो । यस्तै दिवसको अवसरमा आजै डा सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण