कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
सारांश
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ।
- वैशाख २३ गतेको हावाहुरीले टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि लाइन अवरुद्ध भएको थियो।
- प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा न्यून भोल्टेजको समस्या समाधान भई विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत् आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरी का कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत् प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो।
हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठुलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो। क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ गते अपराह्नदेखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।
प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति व्यवस्थापन गरिएको थियो।
प्राधिकरणका अनुसार १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिम लगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दिया जिल्लाको विद्युत् सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण