‘गृहयुद्धमा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ’
श्रीलङ्काका राष्ट्रपतिले देशमा गृहयुद्धको क्रममा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको स्विकारेका छन् । उनले पहिलो पटक सो कुरा स्विकारेका हुन् ।
राष्ट्रपति राजपक्षेले राजधानी कोलोम्बोमा संयुक्त राष्ट्रका एक दूतसँगको भेटघाटको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति कार्यालयको बयानमा हराएका व्यक्तिका लागि मृत्यु प्रमाणपत्र जारी गर्ने बताइएको छ ।
श्रीलङ्काली सरकारले हराएका व्यक्तिबारे पत्ता लगाउनुपर्ने दबाब दिँदै हज्जारौं परिवारले देशभरी विभिन्न चरणको र्यालीको आयोजना गर्दै आएका छन् ।
कतिले हराएका व्यक्ति अझै पनि जीवित भएको र उनीहरुलाई सुरक्षाबलले आफ्नो नियन्त्रणमा लिएको हुनसक्ने आशा व्यक्त गरेका थिए ।
श्रीलङ्काको सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण संघर्षपछि सन् २००९ को मेमा विद्रोही तमिल टाइगर्सलाई परास्त गरेको थियो ।
युद्ध समाप्त भएपछि संयुक्त राष्ट्रले सुरक्षाबलमाथि अत्याचारको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण