‘गृहयुद्धमा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ’
श्रीलङ्काका राष्ट्रपतिले देशमा गृहयुद्धको क्रममा हराएका २० हजार बढी व्यक्तिको मृत्यु भइसकेको स्विकारेका छन् । उनले पहिलो पटक सो कुरा स्विकारेका हुन् ।
राष्ट्रपति राजपक्षेले राजधानी कोलोम्बोमा संयुक्त राष्ट्रका एक दूतसँगको भेटघाटको क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति कार्यालयको बयानमा हराएका व्यक्तिका लागि मृत्यु प्रमाणपत्र जारी गर्ने बताइएको छ ।
श्रीलङ्काली सरकारले हराएका व्यक्तिबारे पत्ता लगाउनुपर्ने दबाब दिँदै हज्जारौं परिवारले देशभरी विभिन्न चरणको र्यालीको आयोजना गर्दै आएका छन् ।
कतिले हराएका व्यक्ति अझै पनि जीवित भएको र उनीहरुलाई सुरक्षाबलले आफ्नो नियन्त्रणमा लिएको हुनसक्ने आशा व्यक्त गरेका थिए ।
श्रीलङ्काको सेनाले २६ वर्षसम्म चलेको रक्तपातपूर्ण संघर्षपछि सन् २००९ को मेमा विद्रोही तमिल टाइगर्सलाई परास्त गरेको थियो ।
युद्ध समाप्त भएपछि संयुक्त राष्ट्रले सुरक्षाबलमाथि अत्याचारको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने