मन्दिरलाई एक श्रद्धालुले दिए ३५ किलो सुन
मुम्बई । मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ ? भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् ।
दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् ।
मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो । मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ ।
उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन ।
बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३२० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो । सन् २०१९ मा ४१० करोड रुपैयाँ दान प्राप्त भएको जनाइएको छ ।
यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो । त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण