‘सेल्फी किङ्ग’ गीतः विपिनले भने ‘जिन्दगीको के छ र भर’
काठमाडौं । भर्सनटायल अभिनेता विपिन कार्कीको अभिनय रहेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा सुवास भुषालको संगीत रहेको छ । सुरज गैरेको शब्द रहेको गीतमा केतन क्षेत्रीको स्वर छ । गीतको भिडिया फिल्म भित्र रहेको अभिनेता विपिनको अभिनयले भरिएको छ ।
टेलिभिजनका एक चर्चित हास्यकलाकारको तीन दिनको जीवनमा निर्माण भएको फिल्म यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । दिनेश राउत र सुवास थापाको संयुक्त निर्माण रहेको फिल्ममा प्रवल कोइराला र राजेश बिसुराल सहनिर्माताको रुपमा रहेका छन् ।
२४ माघबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले अभिनय गरेकी छन् । सुसन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ ।
विपिन र लक्ष्मीको अलवा फिल्ममा अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाह लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण