‘सेल्फी किङ्ग’ गीतः विपिनले भने ‘जिन्दगीको के छ र भर’

काठमाडौं । भर्सनटायल अभिनेता विपिन कार्कीको अभिनय रहेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा सुवास भुषालको संगीत रहेको छ । सुरज गैरेको शब्द रहेको गीतमा केतन क्षेत्रीको स्वर छ । गीतको भिडिया फिल्म भित्र रहेको अभिनेता विपिनको अभिनयले भरिएको छ ।
टेलिभिजनका एक चर्चित हास्यकलाकारको तीन दिनको जीवनमा निर्माण भएको फिल्म यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । दिनेश राउत र सुवास थापाको संयुक्त निर्माण रहेको फिल्ममा प्रवल कोइराला र राजेश बिसुराल सहनिर्माताको रुपमा रहेका छन् ।
२४ माघबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले अभिनय गरेकी छन् । सुसन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ ।
विपिन र लक्ष्मीको अलवा फिल्ममा अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाह लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल