दबाबमा टेलिकम, पुस मसान्तसम्म ६ अर्बमात्रै योगदान
सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो । निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७।४८ अर्ब खुद नाफा गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो ।
सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैँजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैयाँमात्र नाफा गर्न सक्यो ।
पुस मसान्तसम्म राजस्व लक्ष्य पुर्याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्बको मात्र योगदान गर्न सकेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ । यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण