प्रदेश ५ मा राष्ट्रियसभा सदस्य लागि मतदान शुरु : मुख्यमन्त्री पोखरेलद्वारा मतदान
प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि घोराहीमा मतदान शुरू भएको छ । विहान १० बजे देखि मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
३ सय ५ मतदाता रहेको प्रदेशमा शुरुमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका थिए ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्य चुन्नका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान भइरहेको छ ।
राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले भोट हालिरहेका छन् । प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख उपप्रमुखलाई छुट्टा छुट्टै दुई मतदान केन्द्र तोकिएको र चार वटा लाइनको व्यवस्था गरिएको छ ।

मतदानका लागि ३ वटा मतपत्रको व्यवस्था गरिएको छ । प्रदेश नम्बर ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ३, नेपाली काँग्रेसका ३, संघीय समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका तर्फबाट १ जना राष्ट्रियसभा सदस्य पदका लागि प्रतिस्र्धामा रहेका छन् । महिला, अल्पसङ्ख्यक अपाङ्ग र अन्य क्षेत्रबाट गरी प्रदेश नम्बर ५ बाट तीन जना सदस्य निर्वाचित हुने भएका छन् । मतदान साझ ४ बजेसम्म जारी रहने छ । मतदातका लागि हिजै धरै मतदाता दाङ पुगेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण