विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौँ, सिरहा र ललितपुरबाट २७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बानेश्वरस्थित ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका ५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ६ बुक तास सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २७ वर्षीय नरेश झा लगायत ११ जनालाई नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै ललितपुरको ललितपुर महानगरपालिका १५ बधिग्राम डेरा गरी बस्ने सुनसरी धरान घर भएकी ३० वर्षीय तारा कुमारी कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की लगायत ८ जनालाई नगद १ लाख ४३ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण