‘गुञ्जन’को डबिङमा जुटिन् सारा
काठमाडौँ । निखिल उप्रेती अभिनित फिल्म ‘रुद्र’बाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री सारा सिर्पालीले । डेब्यु फिल्म बक्सअफिसमा हिट हुन त सकेन । तर अभिनयका हिसावले भने उनले राम्रै चर्चा बटुलिन् ।
सोही कारण उनको हातमा फिल्म ‘सुश्री सम्पती’ पर्यो । यो फिल्म पनि फ्लप भएपछि उनी केही समय फुर्सदमा बसिन् ।
यतिबेला भने उनी तेस्रो फिल्म ‘गुञ्जन’मा व्यस्त छिन् । फिल्मको अहिले डबिङ कार्य भइरहेको छ । सारा पनि फिल्मको डबिङमा जुटिरहेकी छन् ।
‘गुञ्जन’ विगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशन गरेको फिल्म हो । विुद्ध प्रेमकथामा बन्न लागेको फिल्मबाट अष्टले निर्देशनमा डेब्यु गरेका हुन् । यस अगाडिको फिल्मबाट आफुमा लागेको असफलताको ट्याग ‘गुञ्जन’ मेटाउने साराले बताइन् ।
फिल्म साराको जोडी प्रितमराज सेन्चुरी बनेका छन् । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । प्रितमराज र साराको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको समेत आइटम डान्स रहेको छ । नीताले फिल्मको ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण