काठमाडौँ सुरक्षित बनाउनुस् देश आफै सुरक्षित हुन्छ : डीआईजी पोखरेल
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरी नै पहिलो प्रतिनिधि पात्रको रूपमा रहने हुँदा प्रहरीले गरेको कार्यले सरकारको पक्ष विपक्ष जनमत तयार हुने बताएका छन् ।
मंगलबार विहान महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको निरीक्षण गर्दै डीआईजी पोखरेलले बोली व्यवहारमा नम्रता–शिष्टता एवं व्यवसायीक भएर काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
निश्पक्ष र भेदभाव रहित अनुसन्धान गर्नुपर्ने भन्दै डीआईजी पोखरेलले भने, ‘राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास छ । प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने कुरा अन्तर्राष्ट्रिय जगतमा समेत सम्प्रेषण हुन्छ ।’
‘काठमाडौँ शान्त–सुरक्षित बनाउनुस् देश आफै शान्त र सुरक्षित हुन्छ,’ उनले भने, ‘त्यसको लागि तपाईंलाई दिइएको जिम्मेवारीमा कहिँ नचुक्नुस् ।’

प्रहरी कार्यालयमा आउने सेवाग्राही पिडित भएर नै आउने हुनाले उहाँहरूको परेको पिरमर्कालाई आफुलाई नै परेको पिडा हो भन्ने सम्झेर काम गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
कर्तव्यपालनाको सिलसिलामा आफ्नो पदीय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न पोखरेलको आग्रह छ ।
कानूनको सहि तरिकाले निर्दयीतापूर्वक कार्यान्वयन गर्दा जस्तोसुकै दवाव आएपनि पछि हट्न नहुने डीआईजी पोखरेलको तर्क थियो ।
विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यसतर्फ सचेत रहँदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिनरात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण