‘सेन्टी भाइरस’ फिल्मको प्रमोसनका लागि जगदम्बा सिमेन्टले १० लाख दिने
काठमडौं– ‘सेन्टी भाइरस’ फिल्मको प्रमोसनका लागि जगदम्बा सिमेन्टले १० लाख सहयोग गर्ने भएको छ ।
नेपालको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस्द्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको हो ।
समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउण्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा जगदम्बा सिमेन्टले मिडिया प्रमोसन मार्फत सरिक भएको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने जगदम्बा सिमेन्टले जनाएको छ ।
धुर्मुश सुन्तली फाउन्डेसले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ । २०७२ को महाविनाशकारी भुकम्पको पुर्निमाणमा धुर्मुश सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनिय रहेको छ ।
महोत्तरी, बर्दिबासस्थित नमुना मुशहर बस्ती फाउन्डेसनको नमुना योग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकिकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ ।
राष्ट्र र समाजमा योगदान पुर्याउनुहने व्यक्ति तथा संस्था सबै प्रति जगदम्बा सिमेन्टको सदैब साथ, सहयोग र सद्भाव रहिरहनेछ । जगदम्बा सिमेन्टले धुर्मुश सुन्तली फाउण्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण