भारतीय कार्यबाहक राजदूतले भेटे सभामुख
काठमाडौँ। नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् ।
आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले भेटका क्रममा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए ।
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि भारतले नेपालमा नयाँ राजदूत पठाइसकेको छैन ।
यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण