खाना महोत्सव माघ २८ देखि
पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी खाना महोत्सव गरिने भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै खानाको स्वाद दिन यही माघ २८ देखि फागुन ३ गतेसम्म खाना महोत्सवको आयोजना गर्न लागिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) सौराहाले सिसुवार खेलमैदानमा महोत्सवको आयोजना गर्न लागेको हो । यो १४औँ संस्करण हो ।
सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गरी खाना महोत्सवका बारेमा जानकारी दिँदै स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्नाका लागि महोत्सव केन्द्रित रहेको रेवानका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।
महोत्सव अवधिभर सौराहाको राप्ती तटबन्धनको ड्यामदेखि महोत्सवस्थलसम्म विविध झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिए ।
सो अवसरमा विविध खेलकूद कार्यक्रम, प्रेमपत्र लेखन प्रतियोगिता, सडक नाटक आयोजना गरिने छ । हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकालको प्रस्तुति रहने महोत्सबका संयोजक ध्रुव गिरीले जानकारी दिए ।
फागुन २ गते प्रेम दिवसको दिन टिकटको व्यवस्था गरिएको भए पनि अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
टिकटबाट सङ्कलित रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ ।
झण्डै रु दुई करोड ५० लाखको कारोवार हुने अनुमान गरिएको महोत्सवमा दैनिक रु २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको समयमा मात्रै नभएर भ्रमण वर्षलाई नै लक्षित गरी सौराहा आउने पर्यटकलाई छुटको व्यवस्था गरिएको छ ।
रेवानमा आबद्ध ५६ रेष्टुरेण्टमा १५, होटलमा ३० र साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । आन्तरिक पर्यटक बढाउन खाना महोत्सव, हात्ती महोत्सव गर्ने गरिएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले महोत्सवले पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भ्रमण वर्षमा हुने यस्ता महोत्सव पर्यटन प्रवद्र्धनका सहयोगी बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण