शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा अनसनरत नेविसंघ नेताहरुको मागप्रति कोइरालाको ऐक्यवद्धता

बिहीबार, १६ माघ २०७६, १८ : १४
बिहीबार, १६ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनशनरत नेविसंघका नेताहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले काँग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताएका हुन् । 

नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको बताए । उनले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताएका हुन् । उनले नौ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताए ।

नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताए । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिनदेखि आमरण अनसनमा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप