सानेपामा अनसनरत नेविसंघ नेताहरुको मागप्रति कोइरालाको ऐक्यवद्धता
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनशनरत नेविसंघका नेताहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले काँग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताएका हुन् ।
नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको बताए । उनले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताएका हुन् । उनले नौ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताए ।
नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताए । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिनदेखि आमरण अनसनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण