प्रियंका–आयुष्मानको विहे हुँदै
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले आगामी फागुनमा विवाह गर्ने भएका छन् । उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको उनका नजिकका एक साथीले नाम नखुलाउने सर्तमा बताए । उनका अनुसार प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।
विवाहको विषयमा प्रियंका र आयुष्मानले भने आधिकारिक मिति सार्वजनिक गरेका छैनन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए ।
सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।
यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । हुन त आयुष्मान र प्रियंकाको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।
गत मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा प्रियंकाले अर्को वर्ष मात्र विवाह गर्ने बताएकी थिइन् । तर, केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।
दुई पटक इन्गेजमेन्ट गरेका प्रियंका र आयुष्मानको विवाह मिति पर सरिरहँदा धेरैले उनीहरुको विवाह नहुने अड्कल समेत काटेका थिए । प्रियंका र आयुष्मान केही दिनका लागि शुक्रबार बिदेश उड्दैछन् । फर्किए पछि बिवाहको निम्तो बाड्ने उनीहरुको योजना रहेको बताइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण