कैलाश गाउँपालिकाको बजेट७८.३४ प्रतिशत खर्च
मकवानपुर । मकवानपुरको दुर्गम स्थानीय तहका रूपमा चिनिने कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ७८.३४ प्रतिशत खर्च गर्दै अधिकांश योजना समयमै सम्पन्न गरेको जनाएको छ ।
संघीय सरकारले स्थानीय तहको वित्तीय प्रणाली (सुत्र) बन्द गर्नुअघि नै गाउँपालिकाले विनियोजित बजेटअनुसारका योजना तथा कार्यक्रमको कार्यसम्पादन सम्पन्न गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीका अनुसार आर्थिक वर्षको अन्त्यसँगै सबै योजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया सम्पन्न गरिएको छ । समयमै योजना कार्यान्वयन र भुक्तानी सम्पन्न भएकाले सुत्र बन्द हुनुअघि नै खर्च विवरण अन्तिम गरिएको उनले जानकारी दिइन् ।
गाउँपालिकाका वरिष्ठ लेखा प्रमुख टिकाराम अधिकारीका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ८६.३९ प्रतिशत र पुँजीगततर्फ ६७.४२ प्रतिशत बजेट खर्च भएको छ । दुवै शीर्षकको खर्चलाई समेट्दा गाउँपालिकाले कुल विनियोजित बजेटको ७८.३४ प्रतिशत खर्च गरेको हो ।
स्थानीय तहमा प्रायः आर्थिक वर्षको अन्त्यतिर हतारमा खर्च गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरे पनि कैलाश गाउँपालिकाले भने योजना समयमै सम्पन्न गरेर खर्च व्यवस्थापन गरेको दाबी गरेको छ । गाउँपालिकाका अनुसार पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य विकास कार्यक्रमहरू निर्धारित समयमै सम्पन्न गरिएका छन् ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बजेट कार्यान्वयनमा सहयोग पु¥याउने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा विकास साझेदार संस्थाप्रति आभार व्यक्त गरेका छन् । उनले सबै पक्षको समन्वय र सहकार्यका कारण दुर्गम भूगोलका बाबजुद विकास निर्माणका काम समयमै सम्पन्न गर्न सफल भएको बताए ।
‘गत वर्षझैँ यस वर्ष पनि सुत्र बन्द हुनुअघि नै योजना सम्पन्न गरेर बजेट खर्च गर्न सफल भएका छौँ,’ उनले भने, ‘यसका लागि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’
दुर्गम भूगोल, यातायातको सीमित पहुँच तथा निर्माण सामग्री ढुवानीको चुनौतीका बीच पनि अधिकांश योजना सम्पन्न हुनु गाउँपालिकाका लागि सकारात्मक उपलब्धिका भएको अध्यक्ष मोक्तानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण