लमजुङ कारागार निर्माणमा बजेट अभाव
लमजुङ । बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भइ १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनःनिर्माणका लागि रु १७ करोड ७४ लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेस भएको लमजुङ कारागारका निमित्त जेलर पृसा गौतमले जानकारी दिइन् । कारागार विसं २०२८ मा निर्माण भएको थियो ।
हाल कारागारमा कैदीबन्दी छैनन् । लेखा अधिकृतको पद रिक्त छ । कारागारमा ६ जना कर्मचारी कार्यरत छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिए । कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय, जनशक्ति र खर्च लाग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण