साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा
बिहीबार, २५ असार २०८३, १२ : ०७
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरे ।
तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछ ।
चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।
महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ: सांसद गजुरेल
-
प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गरौँ: बुर्लाकोटी
-
नेकपा सांसद हमालको प्रश्न : सुशासन सत्तापक्षलाई लाग्दैन ?
-
किसान ‘मल मिलाइदेऊ’ भन्छन्, सरकार ‘गोदाममा मल छ’ भन्छ : रास्वपा सांसद कठरिया
-
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग
-
कृषि क्षेत्रलाई आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण