बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ

बिहीबार, २५ असार २०८३, १२ : २८
बिहीबार, २५ असार २०८३

सारांश

  • सार्वजनिक सवारी साधनमा यात्रुहरूलाई हैरानी गर्ने ३२ जना बिचौलियालाई प्रहरीले काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको छ ।
  • बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने बहानामा यात्रुको झोला तान्ने र महिलाहरूसँग दुर्व्यवहार गर्ने गरेको आरोप छ ।
  • यसअघि प्रहरीले बल्खु क्षेत्रबाट पनि १७ जना बिचौलियालाई पक्राउ गरेको थियो ।

काठमाडौँ । प्रहरीले काठमाडौँको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

जडीबुटीमा अरनिको यातायातले रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ चल्ने बसहरू छुट्ने बसपार्क सञ्चालन गरेको छ । त्यहाँबाट तराई र पूर्व क्षेत्रमा जाने साना सवारी साधन पनि छुट्छन् । बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको एसएसपी खड्काले जानकारी दिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा आरोपीहरुको विवरण जाँच गरेर थप अनुसन्धान गरिने एसएसपी खड्काले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए । 

bichaula

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप