दुध बेच्न हिँडेकी मनमायालाई टिपरले किच्यो, छेपेटार तनावग्रस्त
गोरखा । गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए ।
यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ लागिन् । बाटोमा गाडीहरु छिट्टफुट्ट चलिरहेको थियो ।
छेपेटार जाने बाटोमा गोरखकाली क्रसर छ । क्रसरमा लोड÷अनलोड गरिएको टिपर पनि ओहोरदोहोर गरिरहेको थियो । तर, शुक्रबार पौने ७ बजेतिर क्रसरको छेउबाट हिँडिरहेकी मनमायालाई टिपरले ठक्कर दियो ।
ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा कोइन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
ग१ख ८०२७ नम्बरको टिपरले मनमायालाई किचेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुवेद खतिवडाले जानकारी दिए । बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने डीएसपी खतिवडाको भनाइ छ ।
डीएसपी खतिवडाको अनुसार मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् । यस्तै ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् ।
टिपर चालक प्रहरीको नियन्त्रणमा र भीड नियन्त्रणको प्रयास भइरहेको डीएसपी खतिवडाले बताए । यतिबेला घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण