सिटी एक्सप्रेसको उपहार योजना, सुनका सिक्कादेखि निशुल्क हवाई टिकट
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको छ ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए.टी.एम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पि.ओ.एस., एन्जाज सेन्टर) मा उपलब्ध छ ।
सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन का सिक्का, ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेस बीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण