सिटी एक्सप्रेसको उपहार योजना, सुनका सिक्कादेखि निशुल्क हवाई टिकट

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको छ ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए.टी.एम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पि.ओ.एस., एन्जाज सेन्टर) मा उपलब्ध छ ।
सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन का सिक्का, ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेस बीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी