पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ ।
उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
यसै महिनाको शुरुमा बर्लिनमा भएको लिबियासम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार भएको सम्झौतालाई कार्यान्वयन गर्ने बारेमा पनि नेताहरूले छलफल गर्नुभएको जनाइएको छ ।
क्रेमलिनद्वारा जारी वक्तव्यका अनुसार राष्ट्रपति पुटिनले लिबियाका राजनीतिक पार्टी र सरोकारवालाहरुसँग समन्वय गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुसँग समन्वय गरिएमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सजिलो हुने पुटिनले बताउनु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
दुवै तर्फका नेताहरुले लिबियामा शान्ति र स्थायित्वका लागि राजनीतिक वार्ता अत्यावश्यक भएकोमा जोड दिएका छन् ।
पुटिन र मर्केलले युक्रेन र सिरियाको अवस्था, प्यालेस्टायन र इजरायलको द्वन्द्वका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनाका बारेमा पनि छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण