सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकारात्कतासँग नेकपाको भविष्य, कोरोनाले संकटकाल

शनिबार, १८ माघ २०७६, ०७ : २६
शनिबार, १८ माघ २०७६

काठमाडौं : आज माघ १८ गते शनिबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक तथा कोरोना भाइरसको संक्रमण र नेपालमा त्यसको अवस्थाका बारेका समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशित गरेका छन् ।  

स्वास्थ्य संकटकाल घोषणा
आजको कान्तिपुर दैनिकले ‘स्वास्थ्य संकटकाल घोषणा’ शीर्षकमा मुख्य पृष्ठमा समाचार छापेको । समाचारमा चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ)ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको कान्तिपुरले लेखेको छ । भाइरसका कारण शुक्रबार बिहानसम्म चीनमा २ सय १३ जनाको मृत्यु भइसकेको छ । संक्रमित व्यक्तिको संख्या ९ हजार ८ सय नाघेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये १ हजार ५ सय २७ जना चिन्ताजनक अवस्थामा रहेको कान्तिपुर दैनिकमा उल्लेख छ ।

फेसबुक, युट्युबमा विज्ञापन गरे कारबाही
कान्तिपुरले मुख्य पृष्ठमा अर्को समाचार ‘फेसबुक, युट्युबमा विज्ञापन, बैंकबाट भुक्तानी नगरे कारबाही’ शीर्षकमा अर्को समाचार लेखेको छ । कान्तिपुरले सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रहक भुक्तान गरे विदेशी मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने चेतावनी राष्ट्रले दिएको समाचार लेखेको छ । 

त्यसैगरी, नागरिक दैनिकले ‘घुम्न गएका चिकित्सक चीनमा अलपत्र’ शीर्षकमा प्राथमिकताकोसाथ छापेको । नागरिकले चीन घुम्न गएका डा.समीर भट्टराईको परिवार चीनमा कारोना भाइरसको कारण अलपत्र परेको समाचारलाई मुख पृष्ठमा छापेको छ । समाचारमा नागरिक लेख्छ, चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पातलका शल्य चिकित्सक रहेका उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए । डा. भट्टराईको फर्कने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदैछ। भट्टराईको फर्कने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरेको थियो ।

यता, नयाँ पत्रिका दैनिकले भने नेकपा केन्द्रीय कमिटिको बैठकको समाचारलाई मुख्य प्राथमिकता दिएर छापेको छ । समाचारमा नयाँ पत्रिकाले केन्द्रीय कमिटीमा समूहगत छलफलको रिपोर्टिङको कुरालाई मुख्य विषयबस्तु बनाएको छ । जसमा ‘आयोग बनाएर नेताको सम्पत्ति छानबिन गरौं’ भन्ने नेकपाका नेताहरुको प्रस्ताब उल्लेख छ । 

नयाँ पत्रिका दैनिकले ‘प्रहरी समायोजन चैतदेखि डिएसपीसम्म मात्रै प्रदेशमातहत’ भन्ने समाचारलाई पनि मुख पृष्ठमा छापेको छ । प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा खटाइनेछन् । प्रदेश सरकारले तोकेअनुसार नै सेवा–सुविधा पाउन पाउने उनीहरू प्रदेशकै निर्देशनअनुसार खटिनुपर्नेछ ।

यसैगरी, आजको अन्नपूर्ण पोष्ट दैनिकले भने कोरोना भाइसको समाचारलाई मुख्य बनाएको छ । कोरोना भाइसको संक्रमण फैलिएको चीनमा रहेका नेपालीहरुले सरकारसँग उद्दारको लागि गरेको अपिललाई प्राथमिकता दिएर छापेको छ । चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व संकट घोषणा गरेपछि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न वाध्य छन् । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको उनीहरुले गुनासो गरेको अन्नपूर्ण पोस्ट दैनिकमा उल्लेख छ । 

‘गुटले पार्टी खायो’
अन्नपूर्ण पोस्ट्ले
अर्को समाचार नेकपाको केन्द्रीय बैठकमा भएका रिपोर्टिङको सन्दर्भलाई मुख पृष्ठमा छापेको छ । ‘अहिलेको स्थितिमा नेकपाले पार्टी, नेता कार्यकर्ता र जनताको जिम्मा कसरी लिन सक्छ ? हाम्रो जीवनशैली र रहनसहन सुधार्न चाहेनौं भने अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नकारात्मकतासँग नेकपाको भविष्य नजोडिएला भन्ने ग्यारेन्टी के छ ?’ सत्तारुढ नेकपाको पार्टी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ राख्ने क्रममा युवा नेता लेखनाथ न्यौपानेले उठाएका प्रश्न हुन् यी । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप