कोरोनाभाइरस अपडेट : मर्नेको संख्या २५९, लगभग १२ हजार संक्रमित
शनिबार, १८ माघ २०७६, ११ : २३
कोरोनाभाइरस संक्रमणका कारण मर्नेको संख्या २५९ पुगेको छ भने यो प्रकोपबाट ११,७९० संक्रमित बनेका छन् ।
मर्ने २५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ ।
शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ संकटकाल नै घोषणा ग¥यो ।
कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले उक्त कदम चालेको हो ।
उता अमेरिकी प्रशासनले समेत कोरोनाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । यस घोषणा अन्तर्गत अमेरिकाले भर्खरै चीन भ्रमण गरेका विदेशी नागरिकलाई अस्थायी कालको लागि भिषा नदिने घोषणा गरेको छ ।
चीनले अमेरिकी कदमबाट आफूहरु दुःखी बनाएको प्रतिक्रिया दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण