सपना नदेख्नेले केही गर्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल
कठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’
उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए ।
‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ ।’
जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेका छन् । उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउनस सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताए ।
प्रदेश सांसद सीता अधिकारीले विकास निर्माणको काममा सबै जना एक जुट हुनुपर्नेमा जोड दिइन् ।
प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा ५५ लाखमा भवन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण