शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार’

शनिबार, १८ माघ २०७६, १७ : २३
शनिबार, १८ माघ २०७६

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताएका छन् । 
अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उनले समाजवादको तयारीका लागि सरकारमा कम्युनिष्ट पार्टी भए पनि राज्यसत्ताको चरित्र र चिन्तन नबदलिएको उल्लेख गर्दै सुरक्षा निकाय र न्यायालय अझै पुरानो ढर्रामा रहेका टिप्पणी गरे । 

    यी पक्षलाई बदलेर शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जनाउँदै उनले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने भएकाले सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा समेट्न जोड दिए । नेता पोखरेलले अमेरिकी सरकारसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौलाई सामान्य अर्थमा बुझ्न नहुने भन्दै त्यो अनुमोदन भएमा नेपाल अमेरिकी छातामुनि जाने उल्लेख गरे । 

    कार्यक्रममा नेकपाका अर्का स्थायी समिति सदस्य मणि थापाले कम्युनिष्ट सरकारले समाजवादी शिक्षाका लागि शिक्षकलाई सहज रुपमा परिचालित गर्न सुझाव दिए । 

    नेकपाका केन्द्रीय सदस्य केशव नेपालले शिक्षकहरु राजनीतिक दलमा आबद्ध हुने प्रणालीका पक्षमा आफू रहेको उल्लेख गरे । 
 सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जनयुद्धका क्रममा शिक्षकहरुले ठूलो बलिदानी गरे पनि अहिले आफूहरुलाई उपयोगको साधन बनाइएको गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप