‘शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताएका छन् ।
अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उनले समाजवादको तयारीका लागि सरकारमा कम्युनिष्ट पार्टी भए पनि राज्यसत्ताको चरित्र र चिन्तन नबदलिएको उल्लेख गर्दै सुरक्षा निकाय र न्यायालय अझै पुरानो ढर्रामा रहेका टिप्पणी गरे ।
यी पक्षलाई बदलेर शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जनाउँदै उनले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने भएकाले सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा समेट्न जोड दिए । नेता पोखरेलले अमेरिकी सरकारसँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौलाई सामान्य अर्थमा बुझ्न नहुने भन्दै त्यो अनुमोदन भएमा नेपाल अमेरिकी छातामुनि जाने उल्लेख गरे ।
कार्यक्रममा नेकपाका अर्का स्थायी समिति सदस्य मणि थापाले कम्युनिष्ट सरकारले समाजवादी शिक्षाका लागि शिक्षकलाई सहज रुपमा परिचालित गर्न सुझाव दिए ।
नेकपाका केन्द्रीय सदस्य केशव नेपालले शिक्षकहरु राजनीतिक दलमा आबद्ध हुने प्रणालीका पक्षमा आफू रहेको उल्लेख गरे ।
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जनयुद्धका क्रममा शिक्षकहरुले ठूलो बलिदानी गरे पनि अहिले आफूहरुलाई उपयोगको साधन बनाइएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण