सुनसरीमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु
आइतबार, १९ माघ २०७६, ०९ : ५३
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना।६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट कामठमाडौँतर्फ गइरहेको बा।५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनालाई इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए ।
दुर्घटनामा मृत्यु भएका तीनैजनाको सनाखत भएको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण