अमेरिकी क्रिकेट टोली आज आउने
आइतबार, १९ माघ २०७६, १२ : ४३
काठमाडौँ । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आइतबार (आज) साँझ काठमाडौँ आउँदैछ ।
दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली आज साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमन भने सोमबार नेपाल आउने बताइएको छ ।
भारत, अष्ट्रेलिया र अफ्रिकन मुलका खेलाडीको बाहुल्यता रहेको अमेरिकी टोलीका खेलाडीहरुमा सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण