केन्द्रीय कमिटी बैठकको समापन गर्दै ओलीले भने– देशमा भ्रष्टाचार बढेको छैन
काठमाडौँ । प्रधानमनत्री तथा नेकपाका अध्यक्ष केपी ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भइरहेको दावी पनि गरे ।
उनले जनतामा सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिनु नहुने बताए ।
‘कुनैपनि तहको सरकारमा रहेकाहरु र कोहीपनि भ्रष्टाचारमा फेला नपरोस्, फेला परे कारवाही हुन्छ’ ओलीको भनाइ छ । यसका लागि उनले पार्टीले सहयोग र निर्देशन दिनुपर्ने पनि बताए ।
देशको अपेक्षा र जनताको अपेक्षा अनुसार पार्टी एकढिक्का भएर चलेको भन्दै केही सञ्चारमाध्यमले पार्टीबारे भ्रम फैलाएको भन्दै गुट परिवर्तन गरेकोमा आपत्ति जनाए ।
‘हामी यताको भाग र उताको भागमा होइन । मान्छेका टाउका हुन्छन्। विचार हुन्छन् । भाग लगाएर पारित गर्ने फलानो फलानाको भनेर भागबण्डा लगाउनु अनुचित कुरा हो’ ओलीको दावी छ ।
उनले नेकपा एकताबद्ध र सुदृढ अवस्थामा रहेको र कसैले तलमाथि पार्न नसक्ने ठोकुवा पनि गरे । ओलीले समापन मन्तव्यको अन्तिममा नेता तथा सांसदहरुलाई रात्रिभोजमा सहभागी हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण