‘बुलबुल’लाई फ्रान्समा पब्लिक च्वाइस अवार्ड’
काठमाडौं । सोचे अनुसार व्यवसाय नसकेपनि फिल्म ‘बुलबुल’ समीक्षकको नजरमा भने राम्रो ठहरिएको थियो । सायद त्यसैले होला फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिरहेको छ ।
यस्तैमा फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा फिल्म ‘बुलबुल’ले फ्रान्समा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । फिल्म निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड हात पारेको बताए ।
अभिनेत्री स्वस्तिमा खड्काका साथ फेस्टिभलमा सहभागी पौडेलले तीन विधामा बाँडिने अवार्ड मध्ये दुईमा भारतीय फिल्ममेकरले कब्जा जमाएको जानकारी दिए ।
दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै ‘टेकिङ दि हर्सेज टु इट जलेबीज दि अनामिका हसकरले स्टुडेन्ट’ले जुरी अवार्ड र भारतकै ‘मोथोन दि गितु मोहनदास’ले जुरी अवार्ड हात पारेका बताए ।
फिल्मको प्रदर्शनपछिको अन्र्तक्रियामा फिल्म हेर्ने दर्शकले फिल्ममा स्वस्तिमाको अभिनय र फिल्म मनपराएको पौडेलको भनाई रहेको छ ।
‘बुलबुल’ले यसअघि नेपालमै दुई राष्ट्रिय अवार्ड हात पारेका थियो । यसै फिल्मबाट अभिनेत्री स्वस्तिले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् ।
महिला टेम्पो चालकको बिषयमा निर्माण भएको फिल्ममा स्वस्तिमा र मुकुन भुषाल मुख्य भूमिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण