नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
सारांश
- नेपालमा अब २०० र ५०० दरका भारतीय नोट बोक्न खुला गरिएको छ ।
- नेपाल राष्ट्र बैंकले २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो ।
- भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी गरेका नोटहरू मात्रै ल्याउन पाइनेछ ।
काठमाडौँ । नेपालमा २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारिी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।
यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ ।
तर, यसरी ल्याउने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी नोट हुनुपर्ने उल्लेख गरिएको छ । भारतले नोटबन्दी गरेपछि बन्द नेपालमा ठूला दरका भारतीय नोट ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण