यो जेल हेरेपछि कैदी बन्न इच्छा जाग्नसक्छ, यस्ता छन् सुविधा (फोटोफिचर)
पाँच तारे होटलबारे त धेरै सुन्नुभएको होला । तर पाँच तारे जेल हुनु सामान्य होइन । तर यो वास्तविक हो । अष्ट्रियामा ‘जस्टिस सेन्टर लियोबेन’ एक यस्तो जेल हो जो आफ्नो भव्यता र आलिशान सुविधाका लागि परिचित छ । यो जेलको फोटो हेरेर र यहाँको सुविधाबारे थाहा पाएपछि सायद धेरैलाई यहाँ बस्ने रहर जाग्ला ।
जेलमा २ सय ५ कैदी बिताउँछन् विलासी जीवनः
चर्चित आर्किटेक्ट जोसेफ होहेन्सिन्नद्वारा तयार गरिएको यो जेल अष्ट्रियाको पहाडी इलाका लियोबेनमा रहेको छ । यसको आधा हिस्सामा कोर्ट पनि छ ।
यो पाँचतारे जेलमा २ सय ५ कैदी बस्ने व्यवस्था छ । यसमा कैदीलाई ती अत्याधुनिक सुविधा दिइन्छन् जसमा स्पा, जिम, विभिन्न प्रकारको इन्डोर गेम र नीजि रुचीका सुविधा उपलब्ध छन् ।
कैदीले आफ्नो सेल एक–अर्कासँग सेयर पनि गर्न सक्छन् ।
यसको सेल पनि सुविधाजनक छ । यहाँको हरेक सेलमा भिन्न बाथरुम, एक किचन र एक लिभिङ रुम बनेको छ । यसमा टेलिभिजनको सुविधा पनि उपलब्ध छ । यसका साथै रुममा एक फूल साइज विन्डो पनि छ जसमार्फत कैदीले बाहिरको दृश्य देख्न सक्छन् ।
यद्यपी, यो जेल कुख्यात कैदीका लागि होइन । यो जेलमा यस्ता कैदी राखिन्छ जसले मामुली घटनाको सजायँ काटिरहेका छन् ।
किन बनाइयो यति विलासी ?
यो जेललाई विलासी बनाउनुका पछाडि स–साना अपराधको सजायँ काटिरहेका कैदीलाई राम्रो सुविधा प्रदान गर्नुथियो ता कि आफ्नो अपराध बारे सोच्न सकून् र जेलबाट बाहिर निस्केपछि अपराधबाट टाढा रहेर एक सामान्य जीवन व्यतित गर्न सकून् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण