बलात्कार आरोपमा ४ जना पक्राउ
बुटवल । गुल्मीमा दुई बेग्ला बेग्लै बलात्कार काण्डमा चार जना पक्राउ परेका छन् ।
माघ १२ गते दिउँसो करिव १ बजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते स्थानीय १५ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
किशोरी सामूहिक बलात्कार मुद्दामा सोही वडाका ३१ बर्षीय चुराबहादुर कुमाल, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग बडिगाड गाउँपालिका–४ का १९ वर्षीय सोनु दगामी घर्ती मगर पक्राउ परेका हुन् ।
यी दुवै घटनाका आरोपितविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले दुबै घटनामा मुद्दा दायर भएकाे बताए ।
बलात्कारका दुवै घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण