भारतद्वारा चीनबाट ६४० जनाको उद्धार
एजेन्सी । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ । ‘हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,’ मन्त्रालयका प्रवक्ता राविस कुमारले भने ।
उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरुमध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन ।
उनले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताए । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उनले जानकारी दिए । भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाई छ ।
उनले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा सम्बन्धित अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गरे । चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सङ्क्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण