शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो : शेखर कोइराला

शनिबार, २५ माघ २०७६, १६ : ३८
शनिबार, २५ माघ २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो देखिएको आरोप लगाएका छन् ।
कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदले गरेको निर्णयलाई नीतिगत निर्णय भनेर उन्मुक्ति दिने र कसैलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउनुले सरकारसँग अख्तियारको  मिलेमतो रहेको पुष्टि भएको बताए ।
‘वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो । केहीलाई मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै उन्मुक्ति दिइयो । केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन,’ कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारको पछिल्लो कदमबाट निष्पक्षता र संवैधानिक स्वायत्तता माथि प्रश्न उठेको कोइरालाले उल्लेख गरे । उनले भने, ‘अख्तियारको यो कार्य लोकतन्त्र र देशका लागी यो दुर्भाग्य छ ।’ 
गत बुधबार अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय मधव नेपाल, बाबुराम भट्टराइसहितलाई उन्मक्ति दिँदै काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप