सकियो स्वस्थानी व्रत, माधवनारायणको मेला पनि समापन (फोटोफिचर)
पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
स्कन्द पुराणको केदार खण्ड, माघ महात्म्यको कुमार र अगस्त्यबीचको संवाद भएको प्रसङ्गलाई स्वस्थानीका रुपमा माघ महिनामा घरघरमा वाचन गर्ने परम्परा नेपाली समाजमा छ, । यहाँ वर्णन गरिएका धेरै स्थान नेपालकै भएकाले पनि स्वस्थानी नाम दिइएको हो, यो व्रत गरेमा मनले चिताएको कुरा पूरा हुन्छ भन्ने मान्यता छ।
आजका दिन १०८ जनै, सुपारी, रोटी, फूल, अक्षतालगायत सामग्री स्वस्थानीलाई चढाउने विधि रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनमा स्वस्थानी देवीको व्रत गरी श्रीमहादेव पति पाएको विश्वास छ ।
स्वस्थानी समापन गर्ने माघ शुक्ल पूर्णिमाका दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञसमेत गरिन्छ । शालीनदीमा आजै एकमहिने माधवनारायणको मेलासमेत समापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव