ट्रम्पले फेसबुक र ट्वीटरमा अमेरिकी सभामुखको जाली भिडियो हाले, हटाउन माग गर्दा अस्वीकार
एजेन्सी । फेसबुक र ट्वीटरले अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसँग जोडिएको एक भिडियो हटाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । उक्त भिडियो राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर र फेसबुक एकाउन्टमा हालेका छन् ।
भिडियोमा ट्रम्प ‘स्टेट अफ युनियन’ सम्बोधनका क्रममा अफ्रिकी अमेरिकी सैन्य पाइलटको समूहलाई सम्मान व्यक्त गरिरहदाँ पेलोसी भाषणको प्रति च्यातिरहेकी देखिएकी छन् । ‘सभामुख पेलोसीको पछिल्लो जाली भिडियो नियतबस अमेरिकी नागरिकलाई भ्रममा पार्न ल्याइएको हो । प्ल्याटफर्मले ती सामाग्री हटाउन अस्वीकार गर्नु कम्पनीको कसको स्वास्र्थको काम गरिरहेको छ भन्ने देखाउँछ । उ आम जनताको चाखमा भन्दा पनि तिनको शेयरहोल्डरको स्वार्थमा काम गर्छन् भन्ने कुराको प्रमाणित भएको छ ।’ पेलोसीको स्टाफ प्रमुख ड्र हम्मिलले भने ।
ट्रम्पले बिहिबार ट्वीट गरेको पाँच मिनेट लामो भिडियाको माथिल्लो भागमा ‘शक्तिशाली अमेरिकी कथा जसलाई न्यान्सी पेलोसीले च्यातिन’ लेखिएको छ । भिडियोमा पेलोसी ट्रम्पको सम्बोधनको प्रति च्यातिरहेको देखिन्छिन् । तर त्यो कार्यबीचमा ट्रम्प अमेरिकी सम्माननीय व्यक्तिहरुलाई सम्मान व्यक्त गरिरहेका देखिन्छन् ।
खासमा भने पेलोसीले ट्रम्पको भाषणको अन्त्यमा भाषणको प्रति च्यातेकी थिइन् । फेसबुक र अन्य विशाल प्रविधि उद्योग पहिले नै राजनीतिक सामाग्रीप्रतिको व्यवहारलाई लिएर आलोचना खेपिरहेको अवस्थामा यो घटना बाहिरिएको छ ।
तथापि, ठूला प्रविधि उद्योगसम्बन्धमा अमेरिकाका ठूला कम्पनीलाई कस्तो व्यवहार गरिनुपर्छ भन्ने विषयमा अमेरिकी दुई ठूला दल विभाजित छन् । डेमोक्रेट्सले ती कम्पनीमाथि कडाई गर्नुपर्ने बताएका छन भने रिपब्लिकन पार्टीले ती कम्पनीमाथिको धरपकडले दक्षिणपन्थी राजनीतिज्ञको विचारलाई दबाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण