७ प्रतिशतले सुधार हुँदा १२२ करोड पुग्यो स्ट्यान्डर्ड चार्टर्डको आम्दानी
काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १२२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैङ्कले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैङ्कले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा बैङ्कको अघिल्लो वर्षको नाफाको तुलनामा ७.१२ प्रतिशत बढी हो । नाफा सुधारिए पनि बैङ्कको जगेडा कोष भने १ करोड रुपैयाँले घट्दा ५ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । ।
बैङ्कले यो अवधिमा ३ अर्ब ४१ करोड ब्याज आम्दानी र १ अर्ब ५८ करोड ब्याज खर्च गरेको छ । गैरब्याजतर्फ ४२ करोड ९४ लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । ६ महिनाको अवधिमा कर्मचारी खर्च ५८ करोड ३२ लाख रुपैयाँ पुग्दा अन्य सञ्चालन खर्च २५ करोड ७३ रुपैयाँ कायम भएको छ ।
बैङ्कले अघिल्लो वर्षभन्दा निक्षेप र कर्जा दुवैमा वृद्धि गरी क्रमशः ८० अर्ब ५४ करोड र ७३ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको निक्षेप वृद्धिदर कर्जाको वृद्धिभन्दा उच्च देखिए पनि सीसीडी अनुपात भने कसिलो देखिएको छ । बैङ्कको सीसीडी अनुपात ७८.५६ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपातभने अहिले पनि १६.०८ प्रतिशत छ ।
बैङ्कको कस्ट अफ फण्ड ४.७७ प्रतिशत र बेसरेट ७.३३ प्रतिशत छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात केही घट्दा खराब कर्जाको प्रोभिजन ७०० प्रतिशत पुगेको छ । बैङ्कको स्प्रेडदर भने ५.९३ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको विशेष महाधिवेशन अझै अनिश्चित, विधान कार्यान्वयनमा समस्या
-
सात दिनसम्म कहाँ थिइन् स्नेहा ?
-
कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश हरि फुयालको इजलासमा
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा
-
रविसहितका शीर्ष नेतालाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
-
५१ औँ दिन मनाउँदै ‘महाजात्रा’